बेलायतले लगायो म्यानमारमाथि प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बेलायतले लगायो म्यानमारमाथि प्रतिबन्ध

एजेन्सी । बेलायत सरकारले म्यानमारमाथि नयाँ प्रतिबन्ध लगाएको छ ।

बेलायतले म्यानमारको जुन्ता सरकारको प्रमुख व्यापार साझेधार कम्पनी होतु ग्रुप र त्यसका संस्थापक ते जामाथि प्रतिबन्ध लगाएको हो । संस्थापक जाले सेनाको जुन्ता सरकारलाइ हतियार उपलब्ध गराउन सम्झौता गरेको बेलायतको आरोप छ ।

म्यानमारका अल्पसंख्यक रोहिन्जा समुदाय दमन गर्न सो समूहले सन् २०१७ मा हतियार उपलब्ध गराएको पनि बेलायतको आरोप छ । सेनाको दमनका कारण लाखौं रोहिन्जाले देश छोडेर वंगलादेश पुगेका थिए । फेब्रुवरीमा सेनाले ‘कू’ गरेपछि बेलायतले म्यानमारका निश्चित व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो ।

अल्पसंख्यकमाथि सेनाको जुन्ता सरकारले गरेको दमन तत्काल रोक्न समेत बेलायतले माग गरेको छ । ‘जुन्ता सरकारले म्यानमारका नागरिकमाथि गरेको दमन रोक्ने कुनै संकेत देखिदैन,’ बेलायतका विदेशमन्त्री डोमिनिक रयाबले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);