अमेरिका र बेलायतको आरोप, 'रुसले अन्तरिक्षमा हतियार सहितको भू-उपग्रह प्रक्षेपण गर्‍यो' | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अमेरिका र बेलायतको आरोप, ‘रुसले अन्तरिक्षमा हतियार सहितको भू-उपग्रह प्रक्षेपण गर्‍यो’

एजेन्सी, ९ साउन । अमेरिका र बेलायतले रुसले अन्तरिक्षमा हतियार सहितको भू उपग्रह प्रक्षेपण गरेको आरोप लगाएका छन् । उक्त भू उपग्रहले अन्तरिक्षको कक्षमा रहेका जुनसुकै अन्य भू-उपग्रहहरुलाई निशाना बनाउन सक्ने अमेरिका र बेलायतको भनाई छ ।

रुसले हालै ‘एक्च्युअल इन अर्बिट एन्टी स्याटेलाइट हतियार’ प्रक्षेपण गरेको अमेरिकाको विदेश विभागले जनाएको छ । यसअघि रुसको रक्षा मन्त्रालयले रुसी अन्तरिक्ष सामग्रीको क्षमता वा अवस्था थाहा पाउनका लागि नयाँ प्रकारको प्रविधि प्रयोग गरेर भू उपग्रह प्रक्षेपण गरेको बताएको थियो अमेरिकाले यसअघि नै रुसको नयाँ भू-उपग्रह प्रक्षेपणप्रति चासो व्यक्त गरेको थियो ।

बेलायतले भने पहिलो पटक रुसमाथि अन्तरिक्षमा हतियार प्रक्षेपण गरेको अभियोग लगाएको हो । रुसले आफ्नो हतियार नियन्त्रण क्षमता अन्तरिक्षसम्म बिस्तार गर्न चाहेको पश्चिमा मुलुकहरुको आरोप छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);