रुसको सोयुज अन्तरिक्ष यान सोमबार सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

रुसको सोयुज अन्तरिक्ष यान सोमबार सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

एजेन्सी, ९ चैत । रूसले ३८ वटा विदेशी भू–उपग्रह अन्तरिक्षमा सफल प्रक्षेपण गरेको छ । कजाखस्तानस्थित बाइकोनुर अन्तरिक्ष केन्द्रबाट ३८ वटा विदेशी भू–उपग्रहसहितको सोयुज अन्तरिक्ष यान सोमबार सफलतापूर्वक प्रक्षेपण गरिएको रूसी अधिकारीहरूले बताएका छन्।

रुसले दक्षिण कोरिया, जापान, क्यानडा, साउदी अरेबिया, जर्मनी, इटाली र ब्राजिल समेत १८ वटा मुलुकका ३८ वटा भू–उपग्रह अन्तरिक्षमा सफल प्रक्षेपण गरेको हो । अन्तरिक्षमा प्रक्षेपण गरिएका भू–उपग्रहमध्ये ट्युनिसिया आफैले विकास गरेको भू–उपग्रह पनि रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

प्राविधिक कारणवश दुई पटकसम्म स्थगित गरिएको उडान सोमबार सफल भएको रूसी अन्तरिक्ष निकाय रोसकोसमोसले जनाएको छ सन् २०१८ मा रसियाली र अमेरिकी नासाका अन्तरिक्ष यात्री बोकेर उडेको एउटा सोयुज यानमा प्राविधिक गडबडी देखिएपछि आपतकालीन अवतरण गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);