भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ३५२ संक्रमित, तीन सय ६६ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ३५२ संक्रमित, तीन सय ६६ को मृत्यु

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ३ सय ५२ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १६लाख ६६ हजार ३ सय ३४ परीक्षणमध्ये ४५ हजार ३ सय ५२ मा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा कोरोना संक्रमित संख्या तीन करोड २९ लाख ३ हजार २ सय ८९ पुगेको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा तीन सय ६६ को मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणका कारण चार लाख ३९ हजार ८ सय ९५ को मृत्यु भईसकेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३४ हजार ७ सय ९१ सहित तीन करोड २० लाख ६३ हजार ६सय १६ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

भारतमा सक्रिय संक्रमित संख्या भने चार लाख पुग्न लागेको छ । हाल सक्रिय संक्रमितको संख्या तीन लाख ९९ हजा ७ सय ७८ रहेको छ ।

भारत हालसम्म ६७ करोड ९ लाख ५९ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);