रुसमा विकास गरिएको स्पुत्नीक भी खोप लगाउन नाइजेरियामा पनि अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

रुसमा विकास गरिएको स्पुत्नीक भी खोप लगाउन नाइजेरियामा पनि अनुमति

एजेन्सी । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्टले रुसमा विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोप स्पुत्नीक भी लगाउन नाइजेरियाले अनुमति  दिएको जनाएको छ।

खोपको विकास गरेको रुसी निकाय “रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट” ले यसरी खोप लगाउने अनुमति दिएका देशमध्ये नाइजेरिया ६८ औँ देश भएको पनि जनाएको छ।

यसअघि अरु ६७औँ देशले रुसमा विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोप लगाउने अनुमति दिएका थिए भने अधिकांशले प्रयोग पनि गरिसकेका छन्।

स्पुतनीक भी प्रयोग गर्दै आएका देशहरूले यो खोप धेरै प्रभावकारी र विश्वसनीय भएको विवरण पठाएको पनि रुसी अधिकारीहरूले जानकारी दिएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);