भारतमा पछिल्लो २४ घण्टामा ४० हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा ४० हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ९ सय ४९ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ४ सय ४२ ले संक्रमणका कारण ज्यान गुमाएका छन् । भारतमा हालसम्म चार लाख १२ हजार ५ सय ३१ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने ४० हजार २६ सहित भारतमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन करोड १ लाख ८३ हजार ८ सय ७६ पुगेको छ ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या चार लाख ३० हजार ४ सय २२ रहेको छ ।

भारतमा हालसम्म ३९ करोड ५३ लाख ४३ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);