तालिवानी विद्रोहीले अफगान सरकारको नियन्त्रणमा रहेका ७ हजार कैदीबन्दी रिहा गर्न माग | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

तालिवानी विद्रोहीले अफगान सरकारको नियन्त्रणमा रहेका ७ हजार कैदीबन्दी रिहा गर्न माग

एजेन्सी । तालिवानी विद्रोहीले अफगान सरकारको नियन्त्रणमा रहेका ७ हजार कैदीबन्दी रिहा गर्न माग गरेको छ ।

तालिवानीले तीन महिना युद्धविराम गरेर भएपनि कारागारमा रहेका आफ्ना कार्यकर्ता रिहा गर्न माग गरेको हो । तालिवानीले समस्या समाधानका लागि ठूलो माग राखेको तर उक्त प्रस्तावप्रति सरकारले हालसम्म कुनै प्रतिक्रिया नजनाएको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी सेना स्वदेश फिर्ता हुन थालेपछि तालिवानी विद्रोहीले आफ्ना सशस्त्र गतिविधिलाई तीव्र पारेका थिए । गत वर्ष वार्ताका क्रममा अफगान सरकारले पाँच हजार भन्दा बढी तालिवानी लडाकूहरु रिहा गरेको थियो ।

रिहा भएकामध्ये अधिकांश लडाकू पुन सशस्त्र हिंसामै संलग्न भएको सरकारी अधिकारीहरुको अनुमान छ । अफगान सेनाले देशव्यापी रुपमा तालिवानीका गतिविधि नियन्त्रणका लागि प्रयास भइरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);