इस्लामको महान पर्वमा पेय पदार्थ सेवन नगर्न कतारस्थित नेपाली दूतावासको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

इस्लामको महान पर्वमा पेय पदार्थ सेवन नगर्न कतारस्थित नेपाली दूतावासको आग्रह

एजेन्सी । कतारस्थित नेपाली दूतावासले इस्लामहरूको महान पर्व ईद–अल–अदाको छुट्टीको समयमा कुनै पेय पदार्थको बेचविखन नगर्न आग्रह गरेको छ । नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै कतारमा कार्यरत नेपाली समुदायलाई इद इस्लाम धर्मावलम्बीको पवित्र चाड भएकाले धर्म, संस्कृति, विपरित कुनै पनि कार्य नगर्न सचेत गराएको हो ।

अघिल्लो वर्षहरूमा कतारमा नेपालीले ईद लगायतका लामो छुट्टीमा सार्वजनिक स्थानमा ठूलो संख्यामा जमघट गर्ने, कतिपयले मदिरा सेवन गरेर होहल्ला गर्ने गरेकाले यो पटका त्यस्तो नगर्न र कानूनको पालना गर्न भनेको छ ।

यसैगरी, इदको अवसरमा तीन दिन दूतावास बन्द हुने जनाउदै बिदाको समयमा पनि राहदानी प्राप्त गर्न सहज होस् भनेर विहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म राहदानी वितरणको व्यवस्था गरिएको दूतवासले जनाएको छ ।

दूतावासका अनुसार कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कामदार कार्यरत छन् । जसममा ११ हजार ९० जना महिला कामदार कार्यरत रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);