युरोपमा एक शताब्दी यता नै वर्षापछिको बाढीले जनजिवन अस्तव्यस्त | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

युरोपमा एक शताब्दी यता नै वर्षापछिको बाढीले जनजिवन अस्तव्यस्त

एजेन्सी । युरोपमा एक शताब्दी यता नै वर्षापछिको बाढीले जनजिवन अस्तव्यस्त बनाएको छ । लगातारको बर्ष पछि आएको बाढीका कारण पश्चिम युरोकपमा मुलुकहरु चपेटामा परेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । बाढीका कारण अहिले सम्म १ सय भन्दाबढीको मृत्यु भइसकेको बताइएको छ ।

जर्मनीमा मात्रै ९७ जनाभन्दाबढीको मृत्यु भएको समाचार संस्थाहरुले उल्लेख गरेका छन् । बेल्जीयममा १२ जनाले ज्यान गुमाएका छन् । लक्जेम्वर्ग, स्वीजरल्याण्ड र नेदरल्याण्ड्स पनि बाढीबाट अति प्रभावित मुलुकमा परेका छन् । पश्चिमी युरोपमा एक शताब्दीयताकै भिषण वर्षा भएको युरोपेली मौसम एजेन्सीहरुको तथ्यांक छ ।

जर्मन चान्सेलर एन्जेला मर्केलले पीडितहरुलाई पूर्ण सहयोगका लागि आग्रह गर्नुभएको छ । राजनीतिक नेतृत्वले जलवायु परिवर्तन यस अवस्थाको कारक रहेको दाबी गरेको छ । जलवायु परिवर्तनले यसैगरी अति वर्षा गराउनसक्ने भन्दै वैज्ञानिकहरुले यसअघि नै चेतावनी दिदैं आएका थिए ।

बाढीका कारण मोबाइल नेटवर्कले काम नगरेको र स्थानीयसँग सम्पर्क गर्न नसकिएको उनले बताएका छन् । झन्डै ७ सय जनसंख्या बसोबास रहेको सेहुल्ड गाउँ पुरै ध्वस्त भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);