बिहारमा पनि बाढीको वितण्डा : ९१ जनाको मृत्यु, ९६ लाख मानिस प्रभावित | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०७९, बुधवार

काठमाडौँ, १ भदौ । भारतको पूर्वी राज्य बिहारमा बाढीका कारण कम्तीमा ९१ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षापछिको बाढी र पहिरोका कारण उनीहरूको मृत्यु भएको हो। बाढीबाट करिब ९६ लाख मानिस प्रभावित भएका छन्।

 

बिहारका १२ जिल्लामा बाढीले अत्यधिक प्रभाव पारेको छ। बाढीले बिहारको राजधानी नगर पटनामा ठूलो क्षति पुर्याएको छ। पटना र आसपासका अन्य क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ । बाढीले सर्वसाधारणको जनजीवन कष्टकर हुनुका साथै करोडौँ मूल्यबराबरको क्षति भएको छ।

 

बाढी–पहिरोपछि हजारौँ मानिस विस्थापित भएका छन्। विस्थापितलाई सरकारले विभिन्न शिविरमा राखेको छ। बाढीमा हराएका मानिसहरूको खोजीलाई तीव्र पारिएको छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।