नाइजरमा बाढी जाँदा ६० जनाको मृत्यु, १ लाख ३० हजार मानिस प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नाइजरमा बाढी जाँदा ६० जनाको मृत्यु, १ लाख ३० हजार मानिस प्रभावित

nizer-flood

एजेन्सी, २७ भदौ । अफ्रिकी मुलुक नाइजरमा आएको बाढीका कारण करिब ६० जनाका मृत्यु भएको छ भने १ लाख ३० हजार मानिस प्रभावित भएका छन् । नाइजर सरकारले विज्ञप्ति जारी गर्दै बाढीबाट १२ हजार घरमा क्षति पुगेको र दुई हजार हेक्टर क्षेत्रफलमा लगाइएको कृषि उत्पादन नष्ट भएको जनाइएको छ ।

नाइजरमा पछिल्लो समय राजधानी र दुर्गम क्षेत्रमा भारी वर्षाले नराम्रो असर पारेको छ । नाइजरमा गत वर्ष पनि बाढी पहिरोका कारण ५६ जनाको मृत्यु भएको थियो भने करिब दुई लाख व्यक्ति प्रभावित भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);