इटालीमा ३६ घण्टामा आधा वर्षको वर्षाः ९ जनाको मृत्यु, हेलिकप्टरबाट उद्धार गरिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

इटालीमा ३६ घण्टामा आधा वर्षको वर्षाः ९ जनाको मृत्यु, हेलिकप्टरबाट उद्धार गरिदै

एजेन्सी, ४ जेठ । इटालीमा मंगलबार भारी वर्षाका कारण बाढी आएको छ । बाढीका कारण ९ जनाको मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । सोही क्रममा नागरिक संरक्षण मन्त्री नेलो मुसुमेसीले भने–‘एक वर्षमा परेको आधा पानी पछिल्लो ३६ घण्टामा परेको छ ।’ इटालीमा सामान्यतया वर्षभरि १००० मिमी वर्षा हुन्छ कक। त्यहाँ ३६ घण्टामा ५०० मिलिमिटर पानी परेको छ ।

अधिकारीका अनुसार बाढीबाट इमिलिया–रोमाग्ना क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। यहाँका केही ठाउँमा पहिरो पनि गएको छ । मानिसलाई बचाउन उद्धार कार्य भइरहेको छ । फेजा, सेसेना र फोर्ली गरी तीन सहरका सडक पूर्ण रूपमा पानीमा डुबेका छन् । धेरै घरमा क्षति पुगेको छ । हजारौं मानिस घरबारविहीन भएका छन् । कतिपय मानिस घरमै थुनिएका पनि छन् ।

सामाजिक सञ्जालमा धेरै तस्विर र भिडियो भाइरल भइरहेका छन् । जसमा बाढीले पु¥याएको विनाश र सहयोगको पर्खाइमा बसेका मानिसहरु देख्न सकिन्छ । बाढीले विचल्ली बनाएको एउटा भिडियो भाइरल भइरहेको छ । जसमा कोस्ट गार्डले मानिसहरूलाई एयरलिफ्ट गरिरहेको देखिन्छ।

कोस्ट गार्डका एक अधिकारीले अहिलेसम्म ५ हजार मानिसको उद्धार गरिएको बताए । इमिलिया–रोमाग्ना क्षेत्रका १५ वटा नदीहरू बगिरहेका छन्। गत वर्ष सेप्टेम्बरमा पनि सोही क्षेत्रमा बाढी आएको थियो । त्यसपछि १२ जनाको मृत्यु भएको थियो। कतिपयले अस्पताल, विमानस्थलसम्म जाने बाटो पूरै जलमग्न भएको बताएका छन् । धेरै गाउँको सहरसँग सम्पर्क विच्छेद भएको दैनिक भाष्करले जनाएको छ ।

 

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);