भारतमा बाढी, पहिरो र डुवानका कारण मृत्यु हुनेको संख्या ४० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा बाढी, पहिरो र डुवानका कारण मृत्यु हुनेको संख्या ४० पुग्यो

एजेन्सी, १७ असार । भारतको मुम्बईमा एक दशक यताकै धेरै वर्षा हुँदा विभिन्न स्थानहरुमा बाढी पहिरो गएको छ ।  वर्षाका कारण पर्खाल र रुखहरु ढलेको, गाडीहरु अनियन्त्रित हुँदा दुर्घटनामा परेको जस्ता घटनाहरुमा परि ४० जनाको मृत्यु भएको बताइएको छ।

मुम्बईमा गएको ४८ घण्टामा मात्रै एक दशक यता कै धेरै वर्षा रेकर्ड भएको बताइएको छ। वर्षाका कारण उत्पन्न उपस्थितिका कारण महाराष्ट्र सरकारले मंगलवार सार्वजनिक विदा दिएको थियो ।   मानिसहरुलाई आगामी दुई दिन सम्म घरमै रहन सुझाव दिएको छ।

मौसमकाे अवस्था हेरेर विदाको समय बढाउन सकिने भारतीय अधिकारीहरुले जनाएका छन् । वर्षाका कारण सडक, हवाई र रेल सेवाहरु बन्द भएको छ भने कतिपय स्थानहरु डुबानमा परेका छन्। राज्य सरकारले उद्धार कार्यलाई प्राथमिक्ता दिएको जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);