नाइजेरियामा पेट्रोल गाडी विस्फोट, ५० जनाको मृत्यु, सय भन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

नाइजेरियामा पेट्रोल गाडी विस्फोट, ५० जनाको मृत्यु, सय भन्दा बढी घाइते

एजेन्सी, १८ असार । नाइजेरियाको मध्य क्षेत्रमा इन्धन लिएर गुडिरहेको पेट्रोल गाडी दुर्घटनापछि भएको विस्फोटमा परि ५० जनाको मृत्यु भएको छ ।

पेट्रोल गाडी सडकमा पल्टिएपछि त्यसबाट चुहेको इन्धनलाई जम्मा गर्न सडकमा भेला भएका नागरिकहरूको दुर्घटनामा मृत्यु भएको बताइएको छ । ट्रक बेनु राज्यको ओहुम्बे गाउँमा दुर्घटनाग्रस्त भएको थियो । सडक सुरक्षामामिला हेर्ने संघीय आयोगका कमान्डर अलियुबाबाले ५० मृत शरीरलाई घटनास्थलबाट निकालेको बताएका छन् । १ सय भन्दा बढी घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइते मध्य धेरैको शरीर जलेको छ । मृतकमध्ये एक गर्भवती महिला र दुईजना बालबालिका पनि रहेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार घटनास्थल नजिकैबाट एउटा बस पार हुने क्रममा बसको इन्जिनबाट निस्केको आगोका झिल्काका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । घटनामा एउटा सडक छेउमा रहेको घर पनि जलेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);