अमेरिकामा आँधीका कारण १ जनाको मृत्यु, दर्जन घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

अमेरिकामा आँधीका कारण १ जनाको मृत्यु, दर्जन घाइते

एजेन्सी,३० चैत्र । टेक्सासदेखि फ्लोरिडासम्म फैलिएको अमेरिकाको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण एक जनाको मृत्यु भएको छ भने अन्य १० जनाभन्दा बढी घाइते भएका छन् ।

क्षेत्रभर सय भन्दा बढी घर र भवनहरू क्षतिग्रस्त भएका छन् ।

हजारौं मानिसहरू विद्युतको पहुँचबाट टाढिएका छन् । मध्य मिसिसिपीको स्कट काउन्टीमा अहिलेसम्म एक जनाको मात्र मृत्यु भएको बताइएको छ ।

हालसम्म, तीन आँधीको पुष्टि भएको छ । जसमा दुई लुइसियाना र एक टेक्सासमा आएको थियो । स्लिडेलमा हालसम्म ५० जनाभन्दा बढीको उद्धार गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);