गाजामाथि इजरायलले गरिरहेको आक्रमणको प्यालेष्टाइनद्धारा चर्को आलोचना | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

गाजामाथि इजरायलले गरिरहेको आक्रमणको प्यालेष्टाइनद्धारा चर्को आलोचना

एजेन्सी,२९ चैत्र । स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले प्यालेष्टाइनलाई छुट्टै देशको मान्यता दिनुपर्नेमा जोड दिनु भएको छ । इजरायलले गाजामाथि गरिरहेको आक्रमणको चर्को आलोचना गर्दै प्रधानमन्त्री साञ्चेजले प्यालेष्टाइनलाई छुट्टै देशको मान्यता दिनुपर्नेमा जोड गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

स्पेनी कंग्रेसलाई सम्बोधन गर्दै प्रधानमन्त्री साञ्चेजले प्यालेष्टाइनलाई छुट्टै देशको मान्यता दिन तयार रहेको स्पष्ट गर्दै यो कदम मध्यपूर्वको तनाव कम गर्नका लागि सहयोगी हुने दाबी गनूृभएको छ । यो युरोपको भौगोलिक हितका लागि पनि उपयुक्त रहेको स्पेनी प्रधानमन्त्रीको भनाइ छ । प्यालेष्टाइनलाई छुट्टै देशको समर्थन दिने सन्दर्भमा युरोपियन युनियनका नेतासँग पहल गर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।

साञ्चेज शुरुदेखि नै हमासविरुद्ध इजरायलले गाजामा जारी राखेको कारबाहीको आलोचक हुनुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);