कांग्रेसले पालिकाअनुसार चुनावी घोषणापत्र बनाउँछ : उदयशमशेर राणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कांग्रेसले पालिकाअनुसार चुनावी घोषणापत्र बनाउँछ : उदयशमशेर राणा

भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले स्थायी सरकारको नारा लिएर निर्वाचनमा जितेको कम्युनिष्ट पार्टीले जनतालाई धोका दिएको आरोप लगाएका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले आइतबार भैरहवामा सुरु गरेको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको भैरहवामा उद्घाटन गर्दै राणाले पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्दिनँभन्दा पनि देशको परिस्थितिले सरकारको नेतृत्व गर्नुपरेको बताए ।

उनले पाँच वर्षका लागि जनताले सरकारको नेतृत्व गर्ने अवसर कम्युनिष्ट पार्टीलाई दिए पनि त्यो हुन नसकेको बताए । ‘कांग्रेसले जे बोल्छ त्यही नै गर्छ, यसपटक कांग्रेसलाई जिताउनुपर्छ, यो भनेको नेतालाई होइन, तपार्इं हामीआफैँ जित्नुपर्छ, ‘उनले भने । 

उनले आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै प्रत्येक पालिकाले छुट्टै घोषणापत्र समेत बनाउन आवश्यक रहेको बताए । उनले विगतमा रुपन्देहीमा स्थानीय तह निर्वाचनमा व्यवस्थापन नभएकै कारणले दुईवटा पालिकामा मात्र कांग्रेसले जितेकोले यसपटक राम्रो व्यवस्थापन मिलाउन  सके बहुमत पालिका जित्ने बताए ।

एमसीसी प्रस्ताव नेपालको पूर्वाधार विकासका लागि माग गरिएको नेता राणाले बताए । एमसीसीको विषयमा कांग्रेसका नेताहरुको एउटै धारणा रहेको उनको भनाइ छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);