कांग्रेस अर्थमन्त्रालयसहित खड्काको नेतृत्वमा सरकारमा जाने | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

कांग्रेस अर्थमन्त्रालयसहित खड्काको नेतृत्वमा सरकारमा जाने

काठमाडौं, १२ चैत्र । नेपाली कांग्रेसले अर्थसहित आठ मन्त्रालय पाउने भएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने भएको हो ।

शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कांग्रेसले ८ वटा मन्त्रालय पाउने गरी छलफल भइरहेको सभापति शेरबहादुर देउवालाई उपसभापति खड्काले जानकारी दिएका थिए ।

यसअघि सात पटक मन्त्री भइसकेका खड्का उपप्रधान तथा अर्थमन्त्रीकै रुपमा सरकारमा जान चाहेको एक नेताले बताए । प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि सरकारको नेतृत्व गरेर सरकारमा जाने दाबी गर्दै आएका छन् । यद्यपी देउवाले भने प्रवक्ता प्रकाशशरण महतलाई अर्थमन्त्रीमा पठाउने योजना बनाएका छन् । अर्थमा खड्काले दाबी गरे महतलाई उपप्रधानसहित रक्षा मन्त्री बनाउने बुझिएको छ । कांग्रेसबाट उपसभापति धनराज गुरुङ पनि मन्त्री बन्ने तयारी गरिरहेका छन्। गुरुङको नाम शेखर–गगनको समुहबाट मन्त्री बन्ने लिस्टको पहिलो नम्बरमा छ । सो समुहका जीवन परियार, तेजुलाल चौधरी, डिगबहादुर लिम्बु, सन्जय गौतमलगायत पनि मन्त्री बन्न लबिङमा छन् । पूर्वमहामन्त्री शशांक कोइरालाले मन्त्रिका लागि दीपक खड्कालाई अघि सारेका छन् ।

संस्थापन पक्षका नेताहरु एनपी साउद, किशोरसिंह राठौर, मोहन बस्नेत, शंकर भण्डारी, रमेश रिजाल, उदयशम्शेर राणा, सीता गुरुङ, श्याम घिमिरे, वीरबहादुर बलायरले पनि दाबी गर्दै आएका छन् ।

Leave a Reply

ताजा समाचार