मेरो दाबि कुनै कुरामा छैन : उपसभापति खड्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मेरो दाबि कुनै कुरामा छैन : उपसभापति खड्का

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारमा नजाने स्पष्ट पारेका छन् । कांग्रेसबाट सरकारमा जाने चर्चाबारे खड्काले आफ्नो कुनै पनि कुरामा दाबी नभएको बताएका हुन् ।

उनले गत पुस १० गते भत्काईएको गठबन्धनलाई पुनःस्थापित गर्ने त्यहि दिन राति गरेको संकल्पलाई लगभग पूरा भइसकेको उपसभापति खड्काले स्पष्ट पारेका छन् ।

आफु सरकारमा जानेबारे मिडिया र सामाजिक संजालमा बहसको बिषय बनाएर आफूमाथि अन्याय नगर्न समेत उनले आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,’पुस१०गते भत्काईएको गठबन्धनलाई पुनःस्थापित गर्ने त्यहि दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएकोछ।अब मेरो दाबि कुनै कुरामा छैन।मेरो नाम अरु संग जोडेर सरकारमा जाने दाबि गरेको भनेर कृपया मिडियामा र सामाजिक संजालमा बहसको बिषय बनाएर मलाई अन्याय नगरि दिनुहोस सबैमा अनुरोध’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);