पुनः विश्वासको मत पाउन प्रचण्डलाई कति सहज ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पुनः विश्वासको मत पाउन प्रचण्डलाई कति सहज ?

काठमाडौं, १६ फागुन । सत्ताघटक दलले सरकारबाट समर्थन फिर्ता लिएपछि फेरी विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको तत्कालिन सत्ता गठबन्धनका साझेदार दलहरु नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिसकेका छन् । अबको ३० दिनभित्र सरकारले विश्वासको मत लिइसक्नपर्नेछ ।

एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएसँगै ती दलले लिएका १६ वटा मन्त्रालय अहिले प्रधानमन्त्रीले सम्हालेका छन् । नेपाली कांग्रेससहितको आठ दलिय गठबन्धनमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी,जनमत पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी र नागरिक उन्मुक्ति पार्टी आबद्ध भएका छन् ।

२७५ सदस्यीय प्रतिनिधि सभामा अहिले २७३ सदस्य मात्र छन् । २ सांसद अनुपस्थित हुने देखिएको छ । जनता समाजवादी पार्टीकी सांसद शहनाज रहमानको केही दिन अघिमात्र निधन भएको छ भने चितवन–२ मा उपनिर्वाचनको मिति तोकिएको छ । सो अनुसार प्रधानमन्त्रीले १३७ मत पाए बहुुमत पुुग्ने देखिन्छ ।

सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको ८८, माओवादी केन्द्रको ३२, जनता समाजवादीको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, लोकतान्त्रिक समाजवादी पार्टीको ४, नागरिक उन्मुक्ति पार्टीको ४ र राष्ट्रिय स्वतन्त्रको २० र राप्रपाको १४ मत छ ।

कांग्रेस, माओवादी,जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा,नागरिक उन्मुक्तिको गरी १५६ सदस्य पुुग्ने भएकोले सहजै प्रचण्ड सरकारलाई विश्वासको मत पाउने देखिन्छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);