प्रधानमन्त्री प्रचण्डले विश्वासको मत कुन कुन दलबाट पाउलान् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत कुन कुन दलबाट पाउलान्

काठमाडौं, ५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिदैछन् । विश्वासको मत लिन प्रतिनिधि सभामा निवेदन दर्ता भइसकेको छ । उनले संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सबैको साथ मिल्ने विश्वास व्यक्त गरे ।

प्रचण्ड विश्वासको मत पाउनेमा ढुक्क छन् । उनलाई संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीको साथ मिलिसकेको छ ।

प्रचण्ड स्पष्ट बहुमतमा देखिएका छन् । उनले सोमबार विश्वासको मत लिंदा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मत नपाउने निश्चित जस्तै छ । राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट पारेको छैन ।

प्रचण्ड विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारको तयारीमा छन् । उनले १६ मन्त्रालय एक्लैले सम्हालिरहेका छन् । झण्डै एक महिना देखि महत्वपूर्ण मन्त्रालयमा मन्त्री नहुँदा सरकारको कतिपय काम कारबाहीमा समस्या आउन थालिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);