कांग्रेसबाट को को हुँदैछन् मन्त्री ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

कांग्रेसबाट को को हुँदैछन् मन्त्री ?

काठमाडौं, १३ चैत्र । सत्तारुढ दल नेपाली कांग्रेसबाट पाँच मन्त्री हुनेहरुको नाम टुंगो लागेको छ । सरकारमा सहभागी हुने पाँच नेताको नाम टुंगिसकेको केही नेताहरुले दाबी गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड सरकारमा कांग्रेसले आठ मन्त्रालय दाबी गरेपनि सात मन्त्रालय पाउने अनुमान गरिएको छ । सत्ता गठबन्धनभित्र भागवण्डा मिलाउँदै जाँदा कांग्रेसले सात मन्त्री र एक राज्यमन्त्रीमा चित्त बुझाउन पर्ने देखिन्छ ।
सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी हुने पदाधिकारीसहित ५ जनालाई दिएको आश्वासनले टुंगिएजस्तै भएको एक नेताले बताए ।

कांग्रेस स्रोतको अनुसार उपसभापति दुुईजना पूुर्णबहादुुर खड्का र धनराज गुरुङ मन्त्री बन्ने पक्का भएका छन् । गुरुङ पहिलोपटक मन्त्री बन्न लागेका हुन् । त्यस्तै पार्टीका प्रवक्ता डा.प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु एनपी साउथ,सीता गुरुङ मन्त्री बन्ने पक्का भएको हो । उनीहरुको नाम मन्त्री बन्ने पहिलो लिस्टमा छ ।

कांग्रेसले गृह मन्त्रालय दाबी गरेपनि गृह नेकपा माओवादीले आफैले राख्ने देखिएको छ । उपसभापति खड्का गृह सम्भव नभएपछि पार्टीको नेतृत्व गर्दै उपप्रधानसहित अर्थ मन्त्रालयको जम्मेवारी पाउने नेताहरु बताउँछन् । खड्का आफैले आइतबार को–को,कुन–कुन मन्त्रालयमा जाने बारे पार्टी भित्र औपचारिक निर्णय नभएको बताएका थिए । अब २ मन्त्री र १ राज्यमन्त्रीको नाम पार्टीभित्र चयन हुन बाँकी छ । उपसभापति गुरुङ शेखर–गगन समुहका हुन् । सभापति देउवाले डा.प्रकाशशरण महतलाई अर्थमन्त्री बनाउन खोजेपनि खड्काले नेतृत्व गर्दै सरकारमा जाने जोड गरेका कारण महत परराष्ट्र मन्त्री हुने सम्भावना रहेको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);