लिबियामा हवाई आक्रमण हुदाँ ४० जनाको मृत्यु, ८० भन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

लिबियामा हवाई आक्रमण हुदाँ ४० जनाको मृत्यु, ८० भन्दा बढी घाइते

libya

एजेन्सी, १८ असार । लिबियामा भएको हवाई आक्रमणमा परि ४० जनाको मृत्यु भएको छ ।

आप्रवासी डिटेन्सन सेन्टरमा हवाई आक्रमण हुँदा ठूलो संख्यामा मृत्यु भएको हो । घटनामा ८० भन्दा बढी घाइते भएका छन् । राजधानी त्रिपोलीको पूर्वी क्षेत्रमा रहेको डिटेन्सन सेन्टरमा आक्रमण भएको हो । घटनामा ज्यान गुमाउनेमा अधिकांश अफगान आप्रवासी रहेको बताइएको छ । पछिल्ला वर्षहरुमा युरोप प्रवेश गर्न चाहने आप्रवासीको प्रमुख मार्ग र विश्राम केन्द्रका रुपमा लिबिया रहँदै आएको छ । लामो समयदेखि शासक माउमर गद्दाफी सन् २०११ मा सत्ताच्युत भएपछि लिबियामा हिंसा हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);