लिबियामा सत्ता घटककै दुई समूहहरुबीच भडप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लिबियामा सत्ता घटककै दुई समूहहरुबीच भडप

libiya ghatana

एजेन्सी, १५ भदौ । लिबियाको राजधानी त्रिपोली नजिकै भएको भिडन्तमा परी २७ जना लिवीयाली नागरिकको मृत्यु भएको छ ।

सरकारमै सम्लग्न दुई प्रतिस्पर्धी समूहहरुबीच भएको भिडन्तमा उनीहरुको मृत्यु भएको हो । झडपमा मृत्यु भएका लडाकू र घाइतहरुको त्यहाँको स्वास्थ्य मन्त्रालयले बिहीबार पुष्टि गरेको छ । केही दिनअगाडी देखि भएका ती घटनामा १०० भन्दा धेरै घाइते भएको बताइएको छ । दक्षिण पूर्वी त्रिपोलीको आइनजारा नजिकै भएका झडपमा संयुक्त राष्ट्रसघबाट समर्थन प्राप्त राष्ट्रिय सहमतिको सरकारमा आवद्ध दुई समूह नै सम्लग्न रहेको सुरक्षा स्रोतले जनाएको छ ।

त्रिपोलीबाट दक्षिणपूर्वमा रहेको तरहुना शहरको सुरक्षाकर्मीहरु माथी आक्रमण शुरु गरेपछि त्रिपोलीमा तनाव आएको हो । लामो समयसम्म शासन चलाएका मोहम्मर कद्दाफिलाई सन् २०११ मा लिबियाको राजधानीबाट आन्दोलनको बलमा हटाइएपछि त्रिपोलीमा पटकपटक आक्रमणका प्रयासहरू हुँदै आएका छन् ।

गत बर्ष पनि सरकार पक्षधर समूहले केही अन्य प्रतिस्पर्धी समूहमाथि आक्रमण गरी उनीहरूलाई लिवियाबाट हटाउन सफल भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);