अमेरिकामा आप्रावासी चढेको भ्यान दुर्घटना हुँदा १० को मृत्यु, २० घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

अमेरिकामा आप्रावासी चढेको भ्यान दुर्घटना हुँदा १० को मृत्यु, २० घाइते

एजेन्सी । अमेरिकाको टेक्ससमा आप्रावासी चढेको भ्यान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

मेक्सिकोबाट आप्रवासीको रुपमा टेक्सस प्रवेश गरेको भ्यान तीव्र गतिका कारण बिजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको हो ।

घटनामा अन्य २० जना घाइते भएका छन । घाइतेहरुको अवस्था गम्भीर रहेकै कारण मृतकको संख्या बढ्न सक्ने अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

क्षमता भन्दा बढी यात्रु भएकै कारण भ्यान दुर्घटना भएको हुनसक्ने आंकलन गरिएको छ । यसअघि गत मार्चमामा पनि आप्रवासी चढेको गाडी ट्रकसँग ठोक्किंदा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);