भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४४ हजार ६ सय ४३ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ४ सय ६४ रहेको छ । योसँग भारतमा कोरोनाका कारण चार लाख २६ हजार ७ सय ५४ जनाले ज्यान गुमाईसकेका छन् ।

हाल भारतमा ४ लाख १४ हजार १ सय ५९ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ४१ हजार ९६ सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या तीन करोड १० लाख १५ हजार ८ सय ४४ पुगेको छ ।

भारतमा हालसम्म ४९ करोड ५३ लाख २७ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);