भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार ३ सय ८३ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ५ सय ७ रहेको छ । योसँग भारतमा कोरोनाका कारण चार लाख १८ हजार ९ सय ८७ जनाले ज्यान गुमाईसकेका छन् ।

हाल भारतमा चार लाख ९ हजार ३ सय ९४ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३८ हजार ६ सय ५२ सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या तीन करोड ४ लाख २९ हजार ३ सय ३९ पुगेको छ ।

भारतमा हालसम्म ४१ करोड ५८ लाख ५१ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);