भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार ९ सय भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार ९ सय भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार १५ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ३ हजार ९ सय ९८ रहेको छ । योसँग भारतमा कोरोनाका कारण चार लाख १८ हजार ४ सय ८० जनाले ज्यान गुमाईसकेका छन् ।

हाल भारतमा चार लाख ७ हजार १ सय ७० सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३६ हजार ९ सय ७७ सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या तीन करोड ३ लाख ९० हजार ६ सय ८७ पुगेको छ ।

भारतमा हालसम्म ४१ करोड ५४ लाख ७२ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);