चीनमा भारी वर्षासँगै आएको बाढीका कारण १२ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चीनमा भारी वर्षासँगै आएको बाढीका कारण १२ जनाको मृत्यु

एजेन्सी । मध्य चीनको हेनान प्रान्त झेंग्झौमा भारी वर्षासँगै आएको बाढीका कारण १२ जनाको मृत्यु भएको छ ।

अत्याधिक वर्षासँगै आएको बाढीबाट जोगाउनका लागि हेनान प्रान्तमा १० हजारभन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

बाढीका कारण रेलवे स्टेशन, सडकमार्ग तथा उडानहरू रद्द गरिएकाले एक दर्जन भन्दा बढि शहरको जनजीवन प्रभावित भएको छ ।

करिब ९ करोड ४० लाख मानिसको बसोबास रहेको हेनान प्रान्तले उच्च तहको मौसमी चेतावनी जारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);