बाढीका कारण मुम्बई डुबानमा, विहारमा ५ सय भन्दा बढिको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

एजेन्सी, १५ भदौ । भारतको मुम्बईमा अविरल वर्षासँगै आएको बाढीका कारण कम्तिमा ५जनाको मृत्यु भएको छ ।

 

अविरल वर्षाका कारण डुबानमा परेको मुम्बईमा अहिले सम्म २ शिशु सहित ५ जनाको मृत्यु भइसकेको छ । मुम्बईका कैयौँ भुभाग अहिले पनि पानी मुनि रहेको र सडकमा २ मिटर भन्दा बढि पानी जमेको बीबीसीले जनाएको छ ।

 

वर्षाका कारण विमान तथा रेल सेवा पनि अवरुद्ध छन् ।

 

बाढी कै कारण भारतको बिहार प्रान्तमा कम्तिमा ५०० भन्दा धेरैको मृत्यु भइसकेको र लाखौँ परिवार विस्थापित भएको अधिकारीहरुले बताएका छन् ।

अहिले भारी वर्षाका कारण भारत लगाएत दक्षिण एसियाका कैयौ भुभाग प्रभावित भएका छन् । जसका कारण १,२०० जनाको मृत्यु भइसकेको छ ।

 

१६ मिलियन भन्दा बढी मानिस वर्षाका कारण प्रभावित रहेको अद्धारकर्मीहरु बताउछन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);