भारतको केरलामा अविरल वर्षाका कारण आएको बाढीले जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भारतको केरलामा अविरल वर्षाका कारण आएको बाढीले जनजीवन प्रभावित

एजेन्सी । भारतको केरलामा अविरल वर्षाका कारण आएको बाढीले जनजीवन प्रभावित बनेको छ ।

बाढीका कारण केरलामा अहिलेसम्म ६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले पनि निरन्तर वर्षा भईरहेकाले नागरिकको राहत र उद्धारका लागि सेना तैनाथ गरिएको केरलाका रक्षा जनसम्पर्क कार्यालयले जनाएको छ ।

केरलाको इडुकी, पथनमथिट्टा, त्रिसूर र कोट्टयम बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएका छन् । भारतको मौसम विज्ञान विभागले केरला, कर्नाटक, तमिलनाडू, पुडुचेरी र कराईकल लगायतका क्षेत्रमा ठूलो वर्षा हुन सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ ।

अरब सागरमा बनेको पानी पार्ने प्रणालीका कारण पाँच जिल्लामा रेड अलर्ट र सात जिल्लामा ओरेन्ज अलर्ट जारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);