इन्डोनेशियामा आएको भुकम्पमा परी ३ को मृत्यु, ७ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

इन्डोनेशियामा आएको भुकम्पमा परी ३ को मृत्यु, ७ घाइते

एजेन्सी । इन्डोनेशियामा पटक–पटक गरी आएको भुकम्पमा परी ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

भुकम्प पछी आएको पहिरोका कारण उनीहरुको मृत्यु भएको बताईएको छ । बाली दीप केन्द्रबिन्दु भई ४ दशमलव ८ म्याग्नेच्युटको भुकम्प गएको केही बेरमै ४ दशमलव ३ म्याग्नेच्युटको अर्को भुकम्प गएको अमेरिकी भुगर्भीय सर्वेक्षणले जनाएको छ ।

भुकम्पका कारण दर्जनौ घरहरु भत्कनुका साथै कयौं सवारीसाधनमा क्षति पुगेको छ । रातको समयमा आएको भुकम्पका बीच सर्वसाधारणमा भागदौड मच्चिएको थियो । यसअघि गत जनवरीमा ६ दशमलव २ रेक्टर स्केलको भुकम्प जाँदा १ सय ५ जनाको मृत्यु भएको थियो । जसमा ६५ सय जना घाइते भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);