चीनमा गएको २४ घण्टामा दुईपटक भुकम्प | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

साउन २५ , काठमाण्डौँ । चीनमा गएको २४ घण्टामा दुईपटक भुकम्प गएको छ । पछिल्लो भूकम्प ६.३ म्याग्नीच्यूडको रहेको र सीनजियाङ प्रान्तमा कजकस्तानसँगको सीमा नजिकै केन्द्रविन्दु रहेको बताइएको छ ।

यसअघि मंगलबार साँझ सिचुआन र गान्सु सीमा क्षेत्रमा गएको ७ म्याग्नेच्यूटको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १३ पुगेको चिनिया सञ्चारमाध्यमले जनाएका छन् । तर चीनको प्रकोप व्यवस्थापन सम्बन्धी निकायलाई उदृत गर्दै एफएपपीले कम्तिमा १ सय जना मारिएको हुनसक्ने जनाएको छ । भुकम्पमा परी अन्य एक सय ७५ जना घाइते भएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा रहेका ३१ हजार पाँच सय पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीय प्रशासनहरुले मुन उपत्यकाका चाङ्चा सहर, सेराटन रिसोर्टलगायतमा आकस्मिक सेल्टर खडा गरेका छन् । हालसम्म ७ सय ७० भन्दा बढी पराकम्पन महशुस भएको अधिकारीहरुले जनाएका छन् । घटनाप्रति दुख व्यक्त गर्दै राष्ट्रपति सी जिनपिङले तत्काल उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिनुभएको छ । प्रभावित क्षेत्रमा चिनियाँ मन्त्रिपरिषद्ले राष्ट्रिय उद्धार टोली परिचालन गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);