इरानमा शक्तिशाली भूकम्प, दुईको मृत्यु २६० घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

इरानमा शक्तिशाली भूकम्प, दुईको मृत्यु २६० घाइते

iran earthquake

एजेन्सी, १० भदौ । इरानमा आइतबार ६ म्याग्नीच्युडको शक्तिशालि भुकम्प जाँदा २ जनाको मृत्यु भएको छ भने २ सय ६० जना जति घाइते भएका छन् । मृतक र घाइतेहरुको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् । घाइते मध्ये केही व्यक्तिहरुको अवस्था गम्भिर रहेको बताइएको छ । भुकम्पमा पुरिएकाहरुको उद्धार र खोजिकार्य जारी छ ।

गएको बर्ष नोभेम्बर महिनामा ७ दशमलब ३ म्याग्नीच्युडको भुकम्पको पीडा शान्त नहुदै इरान – इराक सिमा नजिकै आइतबार ६ म्याग्नीच्युडको शक्तिशालि भुकम्प गएको छ । भुकम्पमा परेर ठुलो जनधनको क्षति भएको छ । भुकम्पमा परी थुप्रै व्यक्तिहरु घाइते भएका छन् । केहि घाइतेहरुको अवस्था गम्भिर रहेको जनाइएको छ ।

भुकम्पको केन्द्र इरानको कर्मान्शाह प्रान्तको जाभानरुड शहरबाट ३१ किलो मिटर पश्चिम तर्फ रहेको बताइएको छ । भुकम्प पछि त्यहाको अवस्था हेरी अस्थायी रुपमा विद्युत आपुर्ति कटौति गरिएको छ । भुकम्प गएपछि पटक पटक दुई दर्जन पराकम्प जादा मानिसहरु आतंकित भई घरबाहिर सुरक्षित स्थान तर्फ ज्यान जोगाउन भागेका थिए । घाइतेहरुको उपचारमा संलग्न चिकित्सकरुले तिव्रता पुर्वक काम गरेकाले धेरै मानिसहरुको ज्यान जोगाउन सफलता मिलेको पिडितहरुले बताएका छन् ।

भुकम्पका कारण ग्रामिण क्षेत्रको पानी आपुर्तिमा समस्या उत्पन्न भएको छ भने पटक पटक पराकम्प गइरहदा फेरि ठुलो भुकम्प जाने त होइन भनि मानिसहरुमा त्रास बढेको छ । यही कारणले गर्दा कमजोर संरचना भएको घरभित्र बस्न स्थानियहरु डराएका छन् ।

गत वर्ष कर्मन्शाह प्रान्तमा आएको शक्तिशालि भुकम्पमा परि ६ सय भन्दा बढिको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);