एजेन्सी, १० भदौ । म्यानमारको सैनिक दमनका कारण ठूलो संख्यामा बङ्गलादेश लगायतका देशमा रहेका शरणार्थीहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
सैनिक दमन भएको पहिलो बर्ष पुगेको सन्दर्भमा आफुहरूमाथि भएको बर्बर हत्या, बलात्कार र अपहरणका घटनाहरुको स्मरण गर्दै विरोध प्रदर्शन गरेका हुन् । दमनका कारण करिब सात लाख रोहिङ्ज्या शरणार्थीले म्यानमारको राखाइन राज्य छोडी विदेशिएका थिए । बङ्गलादेशको कुटुपालुङ शिबिरमा रहेका शरणार्थीहरूले शान्तिपूर्णरूपमा प्रदर्शन गरेका हुन् । बङ्गलादेश सरकारको नियन्त्रणमा रहेको यो शिविर विश्वमा सबैभन्दा धेरै रोहिङ्ज्या शरणार्थीहरू रहेको शिविर हो ।
प्रदर्शनमा सहभागिता जनाउँदै उनीहरुले हामी रोहिङ्ज्या हौँ ,न्याय चाहन्छौँ जस्ता नारा लगाउँदै शान्तिपूर्ण प्रदर्शन गरेका थिए । रोहिङ्ज्याहरूको जातीय नरसंहार भएको दिन अगस्त २५ कहिल्यै नआओस् भन्ने नारा लेखिएकोे विशाल व्यानर बोकेर प्रदर्शन गरेका थिए । म्यानमारको रोहिङ्ज्या लडाकूले रखाइन राज्यमा भएका ‘अत्याचार’ को विरोधमा गत बर्ष अगस्त २५ मा प्रहरी चौकीमा आक्रमण गर्दै विद्रोह शुरु गरेका हुन् । सुरुको एक महिनामा करिब सात हजार रोहिङ्ज्या शरणार्थीले ज्यान गुमाएका थिए ।




