जिम्बाबेको अदालतद्वारा मनांगाग्वाको पक्षमा फैसला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जिम्बाबेको अदालतद्वारा मनांगाग्वाको पक्षमा फैसला

zimbabwe

एजेन्सी , ९ भदौ । जिम्बाबेको उच्च अदालतले प्रतिपक्षीद्वारा राष्ट्रपतीय निर्वाचन परिणामलाई लिएर दायर गरेको मुद्धाको विपक्षमा फैसला सुनाएको छ । शुक्रबार सुनाइएको फैसलामा निर्वाचनमा भएको धाँधलीसम्वन्धी अध्ययनमा निवेदकले लगाएका आरोपलाई पुष्टि गर्ने प्रत्यक्ष, प्रशस्त र विश्वसनीय आधार नभेटिएको प्रधानन्यायाधिश लुक मालालाको छ ।

गत जुलाई ३० मा भएको राष्ट्रपतीय निर्वाचनमा इमर्सन दाम्बुड्जो मनांगाग्वा निर्वा्चित भएको निर्णय अदातलले गरेको छ । यसैविच जिम्बाबेका नवनिर्वाचित राष्ट्रपति मनांगाग्वाले शुक्रबार अदालतको फैसलाको स्वागत गरेका छन् । म फेरि एक पटक शान्ति र एकताका लागि सवैमा आह्वान गर्दछु । अव सँगै मिलेर अघि बढ्ने समय आएको उनको भनाई छ ।

निर्वाचन परिणामलाई लिएर विपक्षीले अदालतमा मुद्धा दायर गरेपछि जिम्बाबेको निर्वाचन विवादमा परेको थियो । अदालतको फैसलासँगै विवादको किनारा लागेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);