इण्डोनेसियामा लगातार भूकम्प गएपछि स्थानीय त्रसित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

इण्डोनेसियामा लगातार भूकम्प गएपछि स्थानीय त्रसित

इण्डोनेसीया, २१ साउन । इण्डोनेसियाको लोमबोक द्विपमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या ९१ पुगेको छ । भूकम्पमा परी दुई सय भन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन् । लोमबोकबाट १० किलोमिटर तल जमिनमा केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण हजारौं घरमा क्षति पुगेको छ ।

पर्यटकीय क्षेत्र इण्डोनेशियाको लोमबोक द्विप भूकम्पको चपेटामा परेको छ । एक साता अघि गएको शक्तिशाली भूकम्पको कारण पीडामा रहेका लोमबोकबासीले पुन अर्को शक्तिशाली भूकम्पको सामना गर्नुपरेको छ ।

आइतबार लोमबोकबाट १० किलोमिटर तल जमिनमा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ९ म्याग्नेच्युडको भूकम्पको कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ । लगातार भूकम्प गएपछि स्थानीय त्रसित भएका छन् । भुकम्पको झट्का पछि मानिसहरु चिच्याउँदै भागभाग गरेका थिए ।

शक्तिशाली भूकम्पले हजारौं घरमा क्षति पु-याएको छ । विद्युत आपूर्ति बन्द हुँदा जनजीवन प्रभावित भएको छ । घुम्नका लागि त्यहाँ पुगेका पर्यटकहरु अलपत्र परेका छन् । भूकम्प पछि विभिन्न स्थानमा पहिरो खस्दा बाटो अबरुद्ध भएको छ ।

भूकम्पमा परी बेपत्ता भएकाहरुको खोजी र राहत वितरणको काम भइरहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । सोही क्षेत्रमा गत साता ६ दशमलब ४ म्याग्नेच्युडको भूकम्प जाँदा १७ जनाको मृत्यु भएको थियो । सो भुकम्पमा १ सय ६५ जना घाइते भएका थिए । जसमध्ये केहिको अवस्था अझै गम्भिर रहेको बताइएको छ ।

भुकम्पको झट्का बालिद्विपमा पनि महसुस गरिएको थियो । यस अघि भुकम्पमा लम्बोक द्विपमा फसेका फ्रान्स, जर्मनि, थाइल्याण्ड, अमेरिका र नेदरल्याण्डका ५ सय ६० पर्यटक र ट्रेकर्सलाई उद्धार गरिएको उद्धारमा संलग्न संस्थाहरुले जनाएका छन् ।

इण्डोनेसियामा रिङग अफ फायर अर्थात भूकम्प र ज्वालामुखि विस्फोटको रेखामा रहेका कारण यस क्षेत्रमा पटक–पटक भूकम्प आइरहने गर्दछ । विश्वको सबैभन्दा सक्रिय ज्वालामुखि सोही क्षेत्रमा रहेको भुर्गभविदहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);