इन्डोनेसियाको लोम्बक टापु केन्द्रविन्दु भएर ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

इन्डोनेसियाको लोम्बक टापु केन्द्रविन्दु भएर ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प

earthquake in indonesia

एजेन्सी, २१ साउन । इन्डोनेसियामा सात रेक्टर स्केलको शक्तिशाली भूकम्पका जाँदा कम्तिमा ८२ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

इन्डोनेसियाको लोम्बोक आइल्याण्ड केन्द्रविन्दु भएर आइतबार राति गएको ७ रेक्टर स्केलको भूकम्पका कारण कम्तिमा ८२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रका अनुसार भूकम्पले लोम्बोकको १० किलोमिटर उत्तरतिर केन्द्रविन्दु बनाएको थियो । भूकम्पका कारण हजारौं घरहरु भत्किएका छन् । विद्युत आपूर्ति बन्द भएको छ ।

लोम्बोकको छिमेकी आइल्याण्ड बालीमा पनि भूकम्पको धक्का महसुस भएको छ । भूकम्प लगत्तै सुनामीको चेतावनी दिइए पनि अहिले सुनामिको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । गत साता मात्रै लोम्बोक आइल्याण्ड केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा १६ जनाको मृत्यु भएको थियो । भूकम्पका कारण लोम्बोक आइल्याण्डको प्रमुख शहर मातारामका अधिकांश भवन भत्किएका छन् ।

भूकम्पमा परी घाइतेको माताराम तथा बालीका अस्पतालका उपचार भइरहेको छ । अस्पतालमा उपचाररत बिरामीलाई सडकमा उपचार गराइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);