बंगलादेशमा सडक सुरक्षा माग्दै एक साता देखि विद्यार्थी आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बंगलादेशमा सडक सुरक्षा माग्दै एक साता देखि विद्यार्थी आन्दोलित

bangladesh protest

एजेन्सी, २० साउन । बंगलादेशको राजधानी ढाकामा सडक सुरक्षाको विषयलाई लिएर विद्यार्थीहरु एक साता देखि प्रदर्शनमा उत्रिएका छन् । जथाभावि सवारी साधन चलाउनेमाथि कार्बाही र व्यवस्थित रुपमा सडकमा यातायात सञ्चालन हुनुपर्ने माग गर्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । पर्दर्शन लम्बिँदै गएपछि सरकारले बल प्रयोग गरेको छ । योसँगै २४ घण्टाका लागि मोबाइल र इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।

बंगलादेश सरकारले ढाकाको सडकमा ओर्लेका विद्यार्थीहरुलाई प्रदर्शन छाडि कक्षाकोठामा आउन आह्वान गरेको छ । विद्यार्थीहरु जथाभावि सवारीसाधन चलाउने माथि कारबाहि र व्यवस्थित रुपमा सडकमा सवारी साधन संचालन हुनुपर्ने माग गर्दै एक साता देखि ढाकामा प्रदर्शन गर्दै आएका छन् । गएको आइतबार बसले दुई जना युवायुवतिलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको थियो ।

विद्यार्थीहरुको प्रदर्शन जारीनै रहेपछि शनिबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले अश्रु ग्यास र रबरको गोलि प्रहार गर्दा सय भन्दा बढि विद्यार्थीहरु घाइते भएका छन् । घाईतेमध्ये केहि विद्यार्थिहरुको अवस्था गम्भिर रहेको जनाइएको छ ।

प्रदर्शनलाई लक्षित गरी सरकारले २४ घण्टाका लागि मोबाइल र इन्टरनेट सेवामा रोक लगाएको छ । प्रदर्शनकारीहरुले सरकारको यो कदमको आलोचना गरेका छन् ।

स्थानीय सञ्चार माध्यमले प्रदर्शनकारीमाथि आक्रमण गर्नेमा बंगलादेश छात्र लिग संगठनका कार्यकताहरु रहेको दाबि गरेका छ । सो संगठन सत्ताधारीहरुसँग नजिक रहेको बताइएको छ । विद्यार्थिहरुले नै सवारी चालकको लाइसेन्स जाँच गर्न थालेपछि कयौँ सवारी साधनहरु सडकमा अलपत्र परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);