इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा फेरि दुईवटा शक्तिशाली भूकम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा फेरि दुईवटा शक्तिशाली भूकम्प

indonesia earthquake

एजेन्सी, ४ भदौ । इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा फेरि दुईवटा शक्तिशाली भूकम्प जाँदा दुई जनाको मृत्यु भएको छ भने सयौं घर भत्कीएका छन् ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार आइतबार साँझको पहिलो भूकम्प ६ दशमलव ९ म्याग्नीच्यूडको छ भने अर्को पराकम्प ६ दशमलव ३ र ५ दशमलव ४ म्याग्नीच्यूडका छन् । यी सबै भूकम्पहरु लोम्बोक द्वीपको उत्तरपूर्वमा केन्द्रित भएर गएका हुन् । भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको भने ठाउँठाउँमा पहिरो गएको छ । पर्यटकीय स्थलका अधिकांश भवनहरु भत्कीएका छन् ।

पहिरोका कारण अधिकांश राजमार्ग अबरुद्ध बनेका छन् भने सयौं पर्यटक अलपत्र परेका छन् । दुई साताको बीचमा लोम्बोकमा गएका दुईवटा यस्तै ठूला भूकम्पले चार सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । लगातारका भूकम्प र परकम्पका कारण मानिसमा भागदौड मच्चिएको छ ।

लोम्बोकमा यही अगष्ट ५ मा गएको ७ रेक्टर स्केलको भूकम्पमा परी ४६० जनाको मृत्यु भएको थियो भने हजारौं घर भत्किएका कारण लाखौं मानिस अझै विस्थापित अवस्थामा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);