टर्कीमा रहेको अमेरिकाकी दूतावासमा अज्ञात समुह द्धारा गोली प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

टर्कीमा रहेको अमेरिकाकी दूतावासमा अज्ञात समुह द्धारा गोली प्रहार

goli parahar

एजेन्सी, ५ भदौ । टर्कीमा रहेको अमेरिकाकी दूतावासमा सोमबार गोली प्रहार भएको छ । गोली प्रहारबाट कुनै मानवीय क्षति नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी छन् ।

टर्कीका एक जना सरकारी अधिकारीका अनुसार दूतावासमा छ ओटा गोली प्रहार भएको थियो । गोली फलामे ढोका र दूतावासको भित्तामा लागेको थियो । दूतावासका प्रवक्ता डेभिड गाइनरले घटनास्थललाई अहिले सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिइसकेको र घटना मानवीय क्षती मुक्त भएकोमा टर्कीको सुरक्षाकर्मीलाई आभार व्यक्त गरेका छन् ।

टर्कीका विदेशमन्त्री मेवलुट काभुसोग्लुले घटना उत्तेजनात्मक आक्रमण भएको बताएका छन् । अमेरिकी धर्मगुरुको रिहाइका लागि इस्तानबुलद्वारा राखेको शर्त अस्वीकार गरेकै बेला यस्तो घटना भएको हो । टर्की विरुद्ध अमानवीय गतिविधि गरेको आरोपमा धर्मगुरुसहित केही अमेरिकी नागरिकलाई टर्कीमा बन्दी बनाइएको छ । अहिले टर्की र अमेरिकाबीच व्यापारयुद्ध नै चलेको छ । जसको प्रभाबले टर्कीको मुद्रामा ब्यापक गिरावट आएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);