सिरियामा भएको नयाँ सैन्य कारबाहीप्रति अमेरिकाले दियो टर्कीलाई चेतावनी | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

सिरियामा भएको नयाँ सैन्य कारबाहीप्रति अमेरिकाले दियो टर्कीलाई चेतावनी

न्युयोर्क। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधवार आफ्ना टर्कीका समकक्षलाई टेलिफोन संवाद गर्दै सिरियामा टर्कीको नयाँ सैन्य कारबाहीप्रति  आफ्नो देशको तर्फबाट  ‘कडा विरोध’ गर्दै देशमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेका अमेरिकी रक्षा मन्त्रालय  पेन्टागनले जानकारी दिएको छ ।  ‘ रक्षामन्त्रीले अस्टिनले टेलिफोन संवादमा इस्तानबुलमा नोभेम्बर १३ मा भएको आक्रमणप्रति  शोक व्यक्त गरे’, पेन्टागनले भन्यो ।‘ भर्खरै भएका हवाई आक्रमणहरू सहित उनले उत्तरी सिरिया र टर्कीमा बढ्दो कारबाहीप्रति चिन्ता व्यक्त गरे । प्रहार भएकामध्ये केही हवाई हमलाले  सिरियामा स्थानीय साझेदारहरूसँग आईएसआईएसलाई पराजित गर्न काम गरिरहेका अमेरिकी कर्मचारीहरूको सुरक्षालाई प्रत्यक्ष रूपमा खतरामा पारेको छ । ’ विज्ञप्तिमा भनिएको छ ।

रक्षामन्त्रीले तनाव न्युनका लागि आह्वान गरेका र सिरियामा नयाँ टर्की सैन्य कारबाहीको लागि विरोध गरेका छन् ।

 

Leave a Reply

ताजा समाचार

Test Post Created

१ घन्टा अघि

test123123

१० घन्टा अघि

test123123

१० घन्टा अघि