इरानले सार्वजनिक गर्‍यो पहिलो घरेलु लडाकु विमान | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

इरानले सार्वजनिक गर्‍यो पहिलो घरेलु लडाकु विमान

एजेन्सी, ५ भदौ । इरानले पहिलो पटक घरेलु लडाकु विमान सार्वजनिक गरेको छ ।  राजधानी तेहराइनमा आयोजित प्रतिरक्षा प्रदर्शनीका क्रममा मंगलबार इरानले पहिलो घरेलु लडाकु विमान सार्वजनिक गरेको हो ।

राज्य नियन्त्रित टेलिभिजनले इरानी राष्ट्रपति हस्सन रौहानीलाई राष्ट्रिय प्रतिरक्षा उद्योगको प्रदर्शनीमा राखिएको नयाँ ‘कौसार’ विमानको ककपिटमा बसेको देखाएको छ ।

यो चौथो पुस्ताको लडाकू बिमान हो । यस बिमानमा अत्याधुनिक उपकरणहरु र बहुउद्देश्यीय राडार जडान गरिएको छ । यो बिमान सत प्रशित इरानी प्रविधिबाट उत्पादन गरिएको जनाइएको छ ।

राज्य नियन्त्रित टेलिभिजनले बिमानको सफलतापूर्वक परीक्षण गरिएको र सार्वजनिक उडानका लागि धावनमार्गमा राखिएको जनाएको छ । यो बिमानका बारेमा शनिबार मात्र रक्षामन्त्री अमिर हतामीले जानकारी दिएका थिए ।

रक्षामन्त्री हतामीले इरानको प्रतिरक्षा कार्यक्रम सन् १९८० को दशकमा इराकबाट आठ वर्षसम्म लगातार आक्रमण भएदेखि नै आरम्भ गरिएको बताए । इजरायल र संयुक्तराज्य अमेरिकाले बारम्बार चेतावनी दिएपछि इस्लामिक गणतन्त्रले आफ्ना सबै विकल्प खुला राख्नुपर्दछ भन्ने मान्यताबाट अघि बढेको उनको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);