आर्थिक संकट झेलीरहेको भेनेजुएलामा शक्तिशाली भूकम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आर्थिक संकट झेलीरहेको भेनेजुएलामा शक्तिशाली भूकम्प

venejuyula

एजेन्सी, ६ भदौ । भेनेजुएलाको उत्तरी क्षेत्र गुइरियामा ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा भौतिक संरचनाहरुमा ठुलो क्षती भएको छ ।

भेनेजुयलाको राजधानी कराकसभन्दा चारसय किलोमिटर टाढा गुइरिया शहर नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पका कारण गुईरिया र आसपासका क्षेत्रका अधिकांश भौतिक संरचनामा क्षति पुगेको छ । भेनेजुएलामा अहिले आर्थिक संकट निम्तिएको छ । भेनेजुएला सरकारले आर्थिक क्षेत्रमा परिवर्तन ल्याउने योजना बनाउँदै गर्दा भूकम्पले त्यहाँ झनै समस्या उत्पन्न गराइदिएको छ ।

राजधानी कराकसमा पनि भूकम्पको धक्का महशुस गरिएपछि घरहरु खाली गरिएका छन् । गृहमन्त्री नेस्टर रुइस रेवेरोलले विपद् व्यवस्थापनका लागि सरकारलाई सहयोग गर्न सर्बसाधारणसँग आग्रह गरेका छन् । भूकम्पको धक्का क्यारेवियन सागरमा पनि परेको छ । क्यारेबियन सागरमा सुनामी आउनसक्ने भन्दै सतर्क रहन अधिकारीहरुले अनुरोध गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);