सिरियाको इद्लिब प्रान्तमा सरकारलाई रासायनिक हतियार प्रयोग गरेको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिरियाको इद्लिब प्रान्तमा सरकारलाई रासायनिक हतियार प्रयोग गरेको आरोप

rasayanik hatiyar

एजेन्सी, ७ भदौ । सिरियाको इद्लिब प्रान्त लाई सरकारले कब्जामा लिनका लागि रासायनिक हतियार प्रयोग गरेको पुष्टि भएमा अमेरिकाले कडा प्रतिक्रिया जनाउने सङ्केत गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकारले बुधबार सिरियाली राष्ट्रपति बसर अल असादको सरकारलाई यस्तो सङ्केत गरेको जनाइएको छ । सिरियामा रासायनिक हातहतियार आपूर्ति गर्न इरानको हात रहेको अमेरिकाले बारम्बार आरोप लगाउँदै आएको छ ।

जेरुसेलमको भ्रमणमा रहेका सुरक्षा सल्लाहकार जोन बोल्टोनले पत्रकार सम्मेलन गरी इरानको शासन सत्ता परिवर्तन गर्ने अमेरिकी नीति नभएको स्पष्ट पारेका छन । तर इरानले आफ्नो शासन सत्ताको व्यवहारमा भने आमूल परिर्वतन गर्नुपर्ने उनको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);