सिरियालाई रासायनिक हतियार बनाउन उत्तर कोरियाले सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिरियालाई रासायनिक हतियार बनाउन उत्तर कोरियाले सहयोग

सिरियालाई रासायनिक हतियार बनाउन उत्तर कोरियाले सहयोग गरेको खुलासा भएको छ ।

hathatiyar

एजेन्सी, १६ फागुन । सिरियालाई रासायनिक हतियार बनाउन उत्तर कोरियाले सहयोग गरेको खुलासा भएको छ । सिरियाको युद्धमा प्रयोग भइरहेका रासायनिक हतियार बनाउने सामग्री उत्तर कोरियाले पठाएको अमेरिकी सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

सिरियामा प्रयोग भएका रासायनिक हतियारको अध्ययन गर्दा उत्तर कोरियाली रासायनिक हतियारसँग मेल खाएको दाबी गरिएको छ । सिरियाली सेनाले पछिल्ला दिनमा विद्रोहीविरुद्ध क्लोरिन ग्यास प्रयोग गरेको खुलासा भएको थियो । सिरियाली सरकारी एजेन्सी साइन्टिफिक स्टडिज एन्ड रिसर्च सेन्टरले उत्तर कोरियाली रासायनिक कम्पनीहरुलाई ठूलो रकम तिरिरहेको दाबी अमेरिकी सञ्चारमाध्यमहरुले गरेका छन् ।

सञ्चार माध्यमहरुको दाबी अनुसार सन् २०१६ को अन्तिम र सन् २०१७ को सुरुमा उत्तर कोरियाले सिरियामा पाँच वटा पानीजहाजमा हतियार बनाउने सामाग्री पठाएको थियो । अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाले सिरियालाई हतियार बेच्नु दुःखद भएको बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);