आणविक सम्झौता पुन: लागू गर्नेबारे अमेरिकाले गरेको अनौपचारिक छलफलको प्रस्ताव इरानद्वारा अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आणविक सम्झौता पुन: लागू गर्नेबारे अमेरिकाले गरेको अनौपचारिक छलफलको प्रस्ताव इरानद्वारा अस्वीकार

एजेन्सी, १७ फागुन। इरानले आणविक सम्झौता पुन लागू गर्नेबारे अमेरिकाले गरेको अनौपचारिक छलफलको प्रस्ताव अस्वीकार गरेको छ ।

इरानले आफूविरुद्ध लगाइएको प्रतिबन्ध नहटाएसम्म वार्ताको वातावरण नबन्ने भन्दै अमेरिका र युरोपेली युनियनको प्रस्ताव अस्वीकार गरेको हो । सो आणविक सम्झौता अनुसार इरानले आफ्नो आणविक शक्ति उत्पादनलाई क्रमश घटाउँदै लैजाने बताइएपनि पालना नभएको भन्दै अमेरिकाले सम्झौताको एकतर्फी रुपमा भंग गरेको जनाएको थियो ।

सन् २०१५ मा भियनामा भएको आणविक सम्झौता तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा भंग गरेर आफूमाथि दवाव दिएको इरानको आरोप छ ।

अमेरिकाको नेतृत्व परिवर्तन भएसँगै राष्ट्रपनि जो वाइडेनले आणविकका सम्झौतालाई नयाँ ढंगबाट लागू गर्ने बताएसँगै केही महिनाअघि इरानले वार्ता गर्न सकिने जनाएको थियो । तर राष्ट्रपति वाइडेनले सम्झौता पालना गुर्नपर्ने पहिलो शर्त भएको बताएसँगै इरान वार्ताबाट पछि हटेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);