पाकिस्तानमा भूकम्प, २ जनाको मृत्यु, कैयौं घरहरु क्षतिग्रस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

पाकिस्तानमा भूकम्प, २ जनाको मृत्यु, कैयौं घरहरु क्षतिग्रस्त

earthaquake-bhukampa

एजेन्सी, ८ चैत्र । भारत, अफगानिस्तान र पाकिस्तानमा मंगलबार राति भूकम्पको धक्का महसुस गरिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार पाकिस्तानमा ६.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

६.८ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको जुर्मबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको थियो । भूकम्प करिब १९० किलोमिटर गहिराइमा थियो । पाकिस्तानको मौसम विभागका अनुसार मंगलबार पाकिस्तानका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार अफगानिस्तान र भारतको राजधानी दिल्लीलगायत देशका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
खैबर पख्तुनख्वा प्रान्तीय आपदा व्यवस्थापन प्राधिकरणको रिपोर्ट अनुसार पाकिस्तानमा पनि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो । प्रदेशमा छाना, पर्खाल र घर भत्किँदा दुई जनाको मृत्यु भएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ ।

तर, स्वात जिल्ला प्रहरी अधिकारी शफिउल्लाहले जिल्लामा दुई जनाको मृत्यु भएको र १५० जना घाइते भएको जानकारी दिए । उनलाई उपचारका लागि सैदुको शिक्षण अस्पताल लगिएको छ । यसैबीच, रेडियो पाकिस्तानका पीएमडी डीजी मेहर साहिबजाद खानका अनुसार इस्लामाबाद, पेशावर, लाहोर, रावलपिंडी, क्वेटा, कोहट, लक्की मारवत, डेरा इस्माइल खान, दक्षिण वजिरिस्तान र देशका अन्य क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);