टर्कीस्थित इज्मिर प्रान्त केन्द्रविन्दु भएर गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या २२ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

टर्कीस्थित इज्मिर प्रान्त केन्द्रविन्दु भएर गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या २२ पुग्यो

एजेन्सी, १५ कार्तिक । टर्की र ग्रीसमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २२ जनाको ज्यान गएको छ भने ५ सय भन्दा बढी घाइते भएका छन् ।

भुकम्पका कारण टर्कीमा २० तथा ग्रीसमा २ जनाको मृत्यु भएको त्यहाँको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड नजिक केन्द्रविन्दु भएर सात म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पका कारण सो क्षेत्रका घरहरु भत्किएका छन् । अहिलेसम्म कम्तीमा २२ जनाको शव भेटिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);