भूकम्पपछिको पश्चिम नेपालको अवस्थालाई नियालीरहेका छौंः अमेरिकी राजदू्त | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

भूकम्पपछिको पश्चिम नेपालको अवस्थालाई नियालीरहेका छौंः अमेरिकी राजदू्त

काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले गएरातिको भूकम्प पश्चात पश्चिम नेपालको अवस्थालाई नियालीरहेको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत उक्त कुरा बताएका हुन् । गएराति सुदूरपश्चिमको डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भुकम्प गएको थियो । उक्त भूकम्पका कारण घर भत्किदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।  ‘पश्चिम नेपालमा गएका धेरै भूकम्पका बारेमा हामी जानकार छौं र अवस्थालाई हामीलाई नियालीरहेका छौं,’ राजदूत थम्पसनले भनेका छन् ।

राजदूत थम्पसनले भूकम्पका कारण परिवारका सदस्य गुमाएकाहरुप्रति समवेदना प्रकट गरेका छन् ।

Leave a Reply

ताजा समाचार